अस्पतालका विरामीहरुलाई फलफूल वितरण

काठमाडौ । नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औ वार्षिकोत्सवको अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार जिल्लाका चार वटा अस्पतालहरु तथा एउटा आदर निकेट (बृद्धाश्रम)का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ । जिल्लास्थित भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो । साथै  भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिव एक सय ७५ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको आयोजक संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताए ।

Facebook Comments Box
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
२ घण्टा अगाडि

1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…

TOP
283 Shares