टी–२० महिला विश्वकप एसिया छनोट : नेपालको सुपर थ्रीमा पुग्ने सम्भावना बलियो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सुपर थ्रीमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘सी’बाट शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुग्न नेपालले हङकङ र बहराइनबिचको लिगको अन्तिम खेलको नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । हङकङको जितले नेपाल समूह चरणबाटै बाहिरिनेछ । यसबाहेकको समीकरणबाट नेपाल सुपर थ्रीमा पुग्न सक्छ । हङकङमाथि बहराइनको जित तथा कारणवश खेल रद्द भए नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।

बहराइन र हङकङबिचको खेल हुन नसक्दा नेपाल बढी जितका आधारमा अगाडि बढ्नेछ । प्रतियोगिताको नियमअनुसार समान अंक भए बढी जित दर्ता गर्ने टोली सुपर थ्रीमा पुग्नेछ । नेपालले दुई र हङकङले एक जित मात्र दर्ता गरेको छ । छनोटमा सहभागी नौ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ ।

समूह ‘सी’मा नेपालले आफ्ना सबै खेल खेलिसकेको छ । नेपालले चार खेलबाट सर्वाधिक ५ अंक बटुलेको छ । नेपालभन्दा एक खेल कम खेलेको हङकङ ४ अंकका साथ दोस्रो स्थानमा छ । समूहको तेस्रो टोली बहराइनले ३ खेलबाट १ अंक बटुलेको छ । नेपालले दुई जित र एक हारको सामना गरेको छ । एक खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अंक हात पारेको थियो । दोस्रो स्थानको हङकङले एक मात्र जित नेपालविरुद्ध प्राप्त गरेको थियो । वर्षाले दुई खेल रद्द हुँदा हङकङले २ अंक जोडेको थियो । बहराइनले तीन खेलबाट १ अंक मात्र हात पारेको छ । बहराइनले दुई खेल गुमाएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
314 Shares