

महानायकको कमब्याक फिल्मको पहिलो साताको व्यापार दुई करोड नाघ्यो
काठमाडौं – महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मको अकुपेन्सी मध्यम छ ।
दोस्रो सातामा प्रवेशसँगै निर्माण पक्षले सुरुवाती सात दिनको ग्रस कलेक्सन सार्वजनिक भएको छ । फिल्म दुई करोड चार लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।
राजेशले ९ वर्षपछि यस फिल्मबाट ठूलो पर्दाको अभिनयमा ‘कमब्याक’ गरेका हुन् । उनी अहिले दर्शकलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन हलहरुमा उपस्थित भइरहेका छन् । यसभन्दा अघि उनी यसरी फिल्मको प्रचारमा र हल भिजिटमा हिड्दैन थिए । राजेश काठमाडौं बाहिरका हलमा पनि पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
यस फिल्ममा राजेशसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत र रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा यस फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । निर्देशक भने दिवाकार भट्टराई हुन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



