

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि
पोर्चुगलले युरोपेली नेसन्स लिगको उपाधि जितेको छ।गएराति भएको फाइनल खेलमा स्पेनलाई हराउँदै पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको हो।
एलियान्ज एरिनामा खेलको निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा ५-३ गोलले विजयी हुँदै पोर्चुगलले उपाधि उचालेको हो।अल्भारो मोराटा पेनाल्टीमा चुकेपछि स्पेन पराजित हुन पुगेको थियो।
त्यसअघि मार्टिन जुबिमेन्डीले २१ औं मिनेटमा स्पेनलाई सुरूवाती अग्रता दिएका थिए।२६ मिनेटमा पोर्चुगलका नुनो मेडिजले बराबरी गोल फर्काए।४५ मिनेटमा मिकेल ओयरजबालले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।
६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा पुर्याएका थिए।
निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समय खेलाइएको थियो। त्यसमा पनि दुवै पक्षले गोल गर्न नसक्दा टाइब्रेकरमा पुगेको थियो।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



