कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको इन्ट्री

काठमाडौँ । कमेडी दरबारको महाराजाको रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएका छन् । मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदीप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रूपमा कमेडी दरबारमा भित्रिएका हुन् ।

प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ । प्रदीप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर अतिथिकै रूपमा भएपनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन् ।

कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदीप भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको बताइन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
274 Shares