

पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
भोजपुर। मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो ।
पर्यटकीयस्थल चखेवा भञ्ज्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सिमाना तावाभञ्ज्याङ र पुनःतावाभञ्ज्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मुन्दुम ट्रेल रेस यही असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ, एजुकेसन एण्ड स्पोर्टस् एकेडेमीका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । प्रतियोगितामा नौ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहनेछ । वर्षात्का समयमा पनि पदमार्ग भ्रमणका लागि कुनै पनि समस्या नहुने सन्देश दिन प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ । प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुने रु २० हजार पाउनेछन् । एकल प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।
पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।रासस
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



