आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न

काठमाडौं, लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगिता समापनका अवसरमा सोमबार केन्द्रमा आयोजित कार्यक्रममा सोही केन्द्रकी अध्यक्ष श्रीमती रूपा थापाले प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो ।

केन्द्रकी अध्यक्ष थापाले ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरूपयोग विरूद्ध ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । लागूऔषधको असर र यसको प्रभावबारे आम जनसमुदायमा अभियानमूलक सचेतना विकास गर्नु र वास्तविकतबारे सबैलाई जानकारी गराई लागूऔषध नियन्त्रणमा समुदायको भूमिकालाई बढाउन अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

केन्द्रकी सचिव श्रीमती शामिला पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
307 Shares