कामनपाको ‘भत्काउ अभियान’ले विशालबजार पनि आतंकित, प्रवेशद्धारका डेढ दर्जन पसल र गणपति ज्वेलर्सको भविष्य अन्योल

काठमाडौं  भदौ  १६  ।

काठमाडौं महानगरपालिकाको स्वीकृत वेगर निर्माण गरिएका संरचना ‘भत्काउ अभियान’ले देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडको एक मात्र विशाल बजार पनि आतंकित बनेको छ ।
बिशाल बजार कम्पनी लिमिटेडले आफ्नो भवनको निर्माण सम्पन्न नलिएको र निर्माणका क्रममा तत्कालिन काठमाडौं नगर पञ्चायतमा बुझाएको नक्सा अनुसार पनि निर्माण नभएको पाइएपछि यतीबेला विशाल बजार कम्पनीमा व्यापार व्यवसाय गरिबसेका प्राय व्यापारी आतंकित बनेका छन् ।
दुई दुई वर्षको दशैं तिहार कोभिड त्रासका कारण खेरा गएको भन्दै यस पटकको दशैंमा राम्रो व्यापार गरौंला भन्ने सोच पालेका व्यापारीहरु दशैंकै मुखमा महानगरपालिकाको ‘भत्काउ अभियान’बाट आतंकित बन्न पुगेका हुन् । विशाल बजार कम्पनीले महानगरपालिकाबाट निर्माण सम्पन्न पत्र लिइनसकेको र यसअघि भवन निर्माणका क्रममा पेश गरेको भन्दा निर्माण भइसकेको भवनमा फरकपन रहेकाले व्यापारीहरु चिन्तामा परेका हुन् । तर, बनिसकेको विल्डीडमाथि यसअघि निर्माणका क्रममा महानगरपालिकाको कुनै एक्सन नहुने बरु लाग्ने राजश्व तिरेर नक्सा नियमित गर्न लगाउने बुझिएको छ ।
तर, बिशाल बजारको प्रवेशद्धारको दायाँ र बायाँ अनी मध्य भागमा निर्माण गरिएका व्यवसायीक भवन भने खाली गर्न पर्ने हुन सक्ने महानगरपालिकाले चेतावनी दिएको छ । यसअघि पेश गरिएको नक्सामा विशाल बजारको प्रवेशद्धारको दायाँवायाँ र मध्य भागमा निर्माण गरिएका एक र दुई तले भवन महानगरपालिकाले भत्काउन सक्ने छ । यसो गर्दा गणपति ज्वेलर्श रहेको मध्यभागको भवन, प्रवेशद्धारको दाँया बायाँका झण्डै दर्जनबढी पसलवाला पनि त्रासमा रहेका छन् ।

Facebook Comments Box
TOP
Shares