

उम्मेदवारमा जघन्य अपराधदेखि भ्रष्टाचारका आरोपितसम्म सिफारिस
काठमाडौं : जघन्य अपराधमा मुछिएका नेता मोहम्मद अफताब आलम थुनामा छन्। तर, उनको नाम अबको चुनावमा उम्मेदवार बन्ने सूचीमा चढेको छ। कांग्रेसको रौतहट क्षेत्र नम्बर २ कार्यसमितिले प्रतिनिधिसभा उम्मेदवारका लागि आलमको मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले बताए। उहाँको पक्षमा यहाँ जनलहर व्यापक छ। उहाँको नाम पहिला आयो। त्यसपछि अरूको आएन’, गुप्ताले भने, ‘त्यसैले एकल नाम सिफारिस भएको हो।’ आलम यसअघि रौतहट क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा पक्राउ परेपछि उनको सांसद पद निलम्बनमा छ। पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि २०६४ चैत २७ गते शेख इद्रिसको घरमा बम पडकएको थियो। उक्त घटनामा २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरले ज्यान गुमाएका थिए।उक्त घटना लुकाउन विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको आरोप आलमविरुद्ध लागेको छ। श्रीनारायण सिंह र रोक्साना खातुनले आलमसहित महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए। त्यसकै आधारमा प्रहरीले आलमलाई २०७६ असोजमा पक्राउ गरेको थियो। कांग्रेसले नै भ्रष्टाचार मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई पनि उम्मेदवार सिफारिस गरेको छ। सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा गच्छदारको एकल नाम पार्टीको माथिल्लो निकायमा पठाएको हो।बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारलगायत व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। कानुनअनुसार उक्त मुद्दाको छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवार हुन मिल्दैन। तापनि, पार्टीको क्षेत्रीय समिति उनलाई उम्मेदवार बनाउन लागेको हो।मुद्दा दर्तापछि २०७६ माघमा उनी सांसद पदबाट निलम्बनमा परेका थिए। मुद्दा चलेपछि सम्पर्कविहीन भएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन अदालतमा हाजिर भएका थिए। विशेषले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो। विवादित पृष्ठिभूमिका गणेश लामा काभ्रे क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा उम्मेदवार सिफारिस भएका छन्। लामाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ। कांगे्रेसका साथै एमाले, माओवादी केन्द्र, जसपाबाट पनि विवादित व्यक्तिहरू सिफारिस भइरहेका छन्। एमालेले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवारमा मिलन गुरुङ (चक्रे मिलन)सहितको नाम सिफारिस गरेको छ। डनका रूपमा चिनिने चक्रे मिलन ‘गुन्डागर्दी’ गरी अकुत सम्पत्ति कमाएको आरोपमा पटक–पटक जेल परेका व्यक्ति हुन्। संविधानविद् डा. भीर्माजुन आचार्य जेलमा रहेका व्यक्तिले चुनाव लड्न मिल्छ÷मिल्दैन भन्ने विषयमा कानुनमा द्विविधा नरहेको बताउँछन्। कानुनमा प्रस्ट छ। द्विविधा मान्नुपर्र्दैन। मुद्दा खेपेर जेलमा रहेका व्यक्तिको नाममा सिफारिस मात्र आउने कुरा फरक हो। त्यही व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउन कुनै पनि कानुनले दिँदैन’, आचार्य भन्छन्, ‘मुद्दा फैसला नभएको हुनाले र धरौटीमा बाहिरै रहेको हुनाले गच्छादारजीको विषयमा अलिकति फरक हुन सक्छ। यसमा पार्टीले कानुनविद्हरूसँग छलफल गरेर निर्णय लिन सक्छ।’ कांग्रेसले मुद्दा खेपिरहेका नेताहरूलाई उम्मेदवार बनाउँछ कि भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अदालतमा विचाराधीन रहेको मुद्दामा निष्कर्ष निकाल्न नहुने बताएका छन्। आलम, गच्छदारलगायत नेताको सन्दर्भ निकाल्दै नेता डा. महतले आइतबार सञ्चारकर्मीसँगको भेटमा भने, ‘आलमजीको मुद्दा अदालतमा छ। फैसला नहुन्जेल हामीले यसै हो भनेर कार्यकर्तालाई उम्मेदवारी सिफारिस गर्नबाट रोक्न सक्दैनौं। अहिले आएको जति पनि सिफारिसको कुरा छ ती सबै कार्यकर्ताले स्वतःस्पूmर्त सिफारिसको कुरा हो। विचाराधीन मुद्दामा अहिले नै निष्कर्ष निकालेर बोल्न मिल्दैन।’
गच्छादारको विषयमा भने उनले भने, ‘गच्छदारजीको विषयमा यति मात्रै भन्छु उहाँमाथि आरोप लागेको भन्ने छ। गच्छादारजीले भ्रष्टाचारको आरोप लगाइयो भन्दै आउनुभएको छ। यद्यपि, अदालतमा भएको विषयमा धेरै कुरा नगरौं।’
कांग्रेसकै महामन्त्री गगन थापाले भने यसअघि एक कार्यक्रममा आलमलाई कांग्रेसले उम्मेदवार बनाउने गल्ती गर्न नहुने बताउँदै आएका थिए। अर्का नेता डा. चन्द्र भण्डारीले भ्रष्टाचार मुद्दा लागेका नेताहरूलाई उम्मेदवार बनाउन नहुने भन्दै आएका छन्।कांग्रेसमा उम्मेदवारी सिफारिस साथै गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहँदा प्रवक्ता डा. महतले भागबन्डा नटुंगी उम्मेदवारको टिकट वितरण नहुने अडान राखेका छन्।यो समाचार अन्नपूर्ण पोस्टमा छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



