
एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेट, एमसीसीबारे छलफल
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत बेरी आज विहान बालकोट पुगेका थिए । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालगायत विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।
एमसीसी सम्झौता निर्णायक मोडमा पुगेका बेला ओली र बेरीबीच झण्डै एक घण्टा छलफल चलेको थियो । एमसीसी मुख्यालयलसँग प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनसम्म समयसीमा मागेका थिए । समय घर्किँदै गर्दा नेताहरुको दौडधुप बढेको छ ।
एमसीसीमा सभामुख अग्नीप्रसाद सापकोटा राष्ट्रिय सहमति आवश्यक पर्ने भन्दै संसदमा टेबल गर्न मानेका छैनन् । त्यसैगरी प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संशोधन हुनुपर्ने अडान लिएका छन् । सभामुखको भूमिकालाई लिएर एमालेले लामो समयदेखि संसदमा अवरोध गरेको र एमसीसी अन्योलमा परेका बेला राजदूत बेरी प्रतिपक्षी नेता ओली भेटेका हुन् । राजदूत बेरीपछि कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बालकोट पुगेर मंगलबार साँझ ओलीसँग भेट गरेका थिए ।
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



