दशैंका लागि नयाँ नोट वितरण सुरु

काठमाडौं । आज देखि आमसर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न सक्ने छन । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट  वितरण सुरु गरेको छ।                                                                                                     नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले हिजो बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरे पनि अन्य बैंक तथा वित्तिय संस्थालेृ आजबाट वितरण शुरु गर्ने छन । एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।

Facebook Comments Box
TOP
Shares