स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई एक स्वर्ण र तीन रजत

काठमाडौं । किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले १ स्वर्ण र ३ रजत पदक ल्याउन सफल बनेका छन् ।

किर्गिस्तानमा आयोजना भएको कुल १३ देशको सहभागिता रहेको सो प्रतियोगितामा दिपा विष्टले स्वर्णपदक ल्याउन सफल भएकी छिन् । उनले ७२ केजी आईबीपी सिनियर समूहमा स्वर्णपदक ल्याउन सफल हुनुका साथै स्ट्रेन्थ लिफ्टिङतर्फ रजत पदक ल्याउन सफल बनेकी हुन् ।                                                                                                     त्यस्तै, स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथिको आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रजत, ७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत ल्याउन सफल भएका थिए ।

अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो । स्वर्ण पदक र रजत पदक ल्याउने खेलाडीहरुलाई समाजसेवी तथा स्ट्रेन्थ लिफ्टिङका केन्द्रीय अध्यक्ष भरत महर्जनले आज भदौ ३० गते केन्द्रीय पदाधिकारीहरुले सम्मानित गरिएको थियो ।

 


 
Facebook Comments Box
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि

2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…

TOP
Shares