

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल
भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ ।
दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले पाँचपटकको साफ च्याम्पियन भारतलाई १–० ले हरायो । पाँचौँपटक फाइनल पुग्ने क्रममा नेपालले चिरप्रतिस्पर्धी भारतलाई पन्छाएको हो ।
यसअघि चारपटकसम्म फाइनल पुगेको नेपालले एकपटक पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलोपटक हो ।
नेपालले अब उपाधिका लागि सोमबार बंगलादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेश भुटानलाई ८–० ले हराउँदै फाइनल पुगिसकेको छ ।
पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गरेको गोलले नै नेपालका लागि फाइनल पुर्यायो । प्रिति राईले निकै कडा मेहनत गरेर मिलाइदिएको क्रसलाई सदुपयोग गर्दै रश्मिले डिबक्सभित्रबाट बललाई जाली चुमाएकी थिइन् । रश्मिको त्यो उत्कृष्ट फिनिसिङ थियो ।
दोस्रो हाफमा भारतले खेलमा फर्कने निरन्तर प्रयास गरेको थियो । दोस्रो हाफमा नेपाली डिबक्स निकै व्यस्त देखिएको थियो । तर, नेपाली डिफेन्डरहरूले निकै उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्कन दिएनन् ।
रंगशालामा उपस्थित करिब साढे सात हजार दर्शकले नेपाली खेलाडीलाई निरन्तर हौस्याएका थिए । नेपालसँगको पराजयपछि भारत महिला साफमा उपाधिको डबल ह्याट्रिक गर्ने अवसरबाट बञ्चित भएको छ । यसअघिका सबै पाँच संस्करण भारतले जितेको थियो ।
नेपाल भने चारपटकसम्म फाइनल पुगेर पनि उपाधि उचल्न सफल भएको छैन । यस्तोमा आजको जित नेपालका लागि विशेष महत्वको रह्यो ।
समाज
थप सामाग्री-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
-
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
-
प्रहरी कार्य समीक्षा सम्मेलन, २०८३ सम्पन्न : आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा संगठन सुधार र आधुनिक प्रहरी सेवामा जोड
-
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१४ घण्टा अगाडि
1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…





