आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष

दाम्पत्य जीवनमा आपसी समझदारी बढ्दै जानेछ र सम्बन्ध अझ सुमधुर बन्नेछ। कार्यक्षेत्रमा आएका चुनौतीहरूलाई सहजै पन्छाएर सफलतापूर्वक कार्यसम्पादन गर्न सकिनेछ। आयस्रोत विस्तारका लागि नयाँ योजना बन्ने संकेत देखिन्छ।
शुभ रंग: खैरो | शुभ अंक:

मिथुन

आज कुनै शुभ समाचारले मन प्रसन्न भई कार्यक्षेत्रमा नयाँ उत्साह जाग्नेछ। मनपर्ने खानपान र आकर्षक पहिरनले दिन रमाइलो बनाउनेछ। साहित्य, कला वा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय सफलता मिल्ने सम्भावना छ।
शुभ रंग: सेतो | शुभ अंक:

सिंह

व्यापार तथा व्यवसायमा उत्साहजनक प्रगति हुनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क विस्तार भई नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आँटेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् र आर्थिक स्थिति सुदृढ रहनेछ।
शुभ रंग: कलेजी | शुभ अंक:

तुला

कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। सेवामूलक कार्यमार्फत आफ्नो पहिचान स्थापित गर्न सकिनेछ। चुनौतीपूर्ण कार्यहरू पनि सहज रूपमा सम्पन्न हुनेछन् र मनमा परोपकारी भावना बढ्नेछ।
शुभ रंग: सेतो | शुभ अंक:

धनु

योजना अनुसार काम गर्दा उल्लेखनीय सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुने संकेत छ। घरपरिवारमा अग्रजहरूको साथ र समर्थनले आत्मबल बढाउनेछ।
शुभ रंग: खैरो | शुभ अंक:

कुम्भ

काम गर्ने शैलीमा परिवर्तन गर्ने विचार आउन सक्छ, जसले नयाँ र सजिलो बाटो देखाउनेछ। एउटै विषयलाई फरक दृष्टिकोणले हेर्दा फाइदा हुनेछ। दिनभर नयाँ सोच र सिर्जनशीलता हावी रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक:

बृष

समय र परिस्थितिको उचित मूल्याङ्कन गरी अघि बढ्नु लाभदायी हुनेछ। दोहोर्याएर प्रयास गर्दा कार्यक्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। पारिवारिक ज्येष्ठ सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ।
शुभ रंग: निलो | शुभ अंक:

कर्कट

नकारात्मक सोच त्यागेर सकारात्मक दृष्टिकोण अपनाउनु हितकर हुनेछ। मनपर्ने कार्यमा समय दिन पाइनेछ। कार्यक्षेत्रमा अरुको भरमा अधुरो काम नछोड्नु उपयुक्त हुनेछ।
शुभ रंग: आकाशे निलो | शुभ अंक:

कन्या

बोलिएका कुराले अरुको मन दुख्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्। शिक्षा क्षेत्रमा रहेका युवाहरूका लागि नयाँ अवसरहरू खुल्नेछन्। महत्त्वपूर्ण निर्णयहरूमा परिवारको सल्लाह उपयोगी हुनेछ।
शुभ रंग: गुलाबी | शुभ अंक:

बृश्चिक

शिक्षा र रोजगारीमा सफलता मिल्ने संकेत छ। सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु उचित हुनेछ। नयाँ कार्य सुरु गर्न केही समय पर्खनु लाभदायी हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक:

मकर

व्यापारमा योजनाबद्ध यात्रा लाभदायी बन्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ। तपाईंको व्यवहारले अरुमा सकारात्मक प्रभाव पार्नेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ।
शुभ रंग: निलो | शुभ अंक:

मीन

मनमा दबिएर रहेका भावनाहरू व्यक्त गर्ने अवसर मिल्नेछ। खुलेर कुरा गर्दा गलत बुझाइहरू हट्नेछन्। नजिकका व्यक्तिसँग सम्बन्ध अझ सुदृढ बन्नेछ र दिन भावनात्मक रूपमा सुखद रहनेछ।
शुभ रंग: सेतो | शुभ अंक:

 

Facebook Comments Box
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
१४ घण्टा अगाडि

1.2kViews 115 Shares Share on Facebook Share on Twitter काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व असार १५…

TOP
439 Shares