

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौँ — लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ को अवसरमा नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रको आयोजनामा विविध कार्यक्रमसहित विशेष कार्यक्रम सम्पन्न भएको छ।
आसरा सुधार केन्द्र परिसरमा आयोजित उक्त कार्यक्रम केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत केन्द्रले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेता तथा उपचाररत खेलाडी सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरण गर्दै अध्यक्ष कार्कीले सहभागी तथा विजेता सदस्यहरूलाई बधाई ज्ञापन गर्दै प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।
उहाँले लागूऔषध दुरुपयोगविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उपचाररत सदस्यहरूको पुनर्स्थापना र सकारात्मक जीवनतर्फको यात्रामा केन्द्रले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा केन्द्रकी उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरू, प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरू, प्रहरी कर्मचारीहरू, परामर्शदाताहरू, केन्द्रका कर्मचारीहरू र उपचाररत सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले लागूऔषध विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै उपचाररत सदस्यहरूमा आत्मविश्वास र उत्साह थप्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





