आज मिति २०७९ साल असोज २ गते आइतबार,कालिञ्चोकमाता ले रक्षा गरून्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- साताको प्रारम्भमा नयाँ कार्यको थालनिका निम्ती मित्रजनहरुको साथ सहयोग प्रयाप्त रुपमा प्राप्त रहनेछ । मनोरञ्जन पूर्णयात्राको योग प्राप्त रहनेछ । रोकिएर रहेका कार्यहरु सुचारु गर्न उत्तम समय रहेकोछ । बलतथा पराक्रमका कार्यहरु सम्पादित रहनेछन । धार्मिक कार्यका क्षेत्रमा जुट्ने उत्तम समय रहेकोछ । मान्यजनहरुको साथ सहयोमा बृद्धिहुनेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । आम्दानिमा सामान्य समस्या देखा पर्नसक्ने सम्भाबना रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ । साताको अन्त्यतिर भने स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्य सम्पादनमा सहजता उत्पन्न हुनेछ । योसाता कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनेछ ।

 

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- साताको प्रारम्भमा पुराना मित्रजनहरुको साथ सहयोगमा नयाँकार्यको थालनिको योग बन्नेछ । आम्दानिका चौतर्फि बाटाँहरु फेला पर्नेछन । पशु तथा चौपायबाट मनग्य लाभ उठाउन सकिनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । मगलबार पश्चात अनावश्यक यात्रकाकारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ । साताको अन्त्यमा बल तथा पराक्रममा बृद्धिहुनाले अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा लगाईएका लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । साजेदारीकार्यका क्षेत्रबाट समेत मनग्य लाभ प्राप्त हुने समय रहनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- साताको प्रारम्भमा शारिरीक आलस्यताका कारण सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु राम्रोहुनेछ । भुमि तथा बाहन शुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन । नयाँ कार्यको थालनि भएता पनि नयाँ लगानिमा भने साबधानि अपनाउनु पर्नेछ । पुराना मित्रजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । साताको अन्त्यतिर मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहनेछ । देश बिदेशको यात्राको योग रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । साजेदारीकार्यमा साबधानी अपनाउनु पर्नेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- साताको प्रारम्भमा मनोरञ्जन पूर्ण यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्म बिश्वासका कारण मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । श्रम र मेहेनतको उचित मुल्याङ्कन प्राप्त रहनाले कार्य प्रति जोस जागर बढेर जानेछ । पुराना मित्रजनहरु सगँको भेटघाछले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर अध्यन अध्यापनका क्षेत्रबाट आम्दानिका क्षेत्रमा निकैटेवा पूग्नेछ । साजेदारी पूर्वक नयाँ कार्यको थालनि दिर्घकालिन आम्दानिका श्रोतहरु बन्नेछन । कला कौशलको प्रयोगमा समय ब्यतित रहला ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- साताको प्रारम्भमा नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेसम्भाबना रहेकोछ । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । साताको अन्त्यतिर प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ ।

मगंलबार पश्चात भने भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि रहनु पर्नेछ । साताको अन्त्यमा बौधिक ब्यत्तित्वहरुको साथ तथा सहयोगमा आम्दानीका बिभिन्न बाटाँहरु फेला पर्नेछन । कला कौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- साताको सुरुमा वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । संचित रकम अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेता पनि सामान्य चोटपटकको सामना भने गर्नुपर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मगंलबार पश्चात मित्रजनरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारको असहज परीस्थीती लाई सहज तुल्याउन तपाईको अग्रसरता उत्तम रहनेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साताको अन्त्यमा भने जीम्बेवारी लीईएका कार्यहरु समयमा पुरा गर्न नसक्नाले मानसिक चिन्ताको सामना गर्नु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको पद प्रर्दशन अबलम्बन गर्नु उत्तम रहनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- साताको प्रारम्भमा बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि रहनेछ । भोज भतेर जन्य कार्यमा तथा मनोरञ्जनात्मक कार्यमा सहभागीताको योग बन्नेछ । कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । मगंलबार पश्चात भने स्थान परीर्वतनको योग रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्चगर्नु पर्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा बलतथा पराक्रममा बृद्धिहुनेछ । तात्कालिक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनपुर्ण यात्राको योग रहेकोछ । नयाँ योजनाका साथमा नयाँ लगानिको थालनि मित्रजनहरुको सहयोगमा सम्पादित रहनेछन ।

Facebook Comments Box
TOP
Shares