

सवारी दुर्घटनामा ५ वर्षीय बालकसहित २ जनाको मृत्यु
काठमाडौँ । मोरङ र बागलुङमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम
प्रसाद दासको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।त्यस्तै बागलुङको बागलुङ नगरपालिका–४ कुंडुलेस्थित सडकमा ध.१ च. १३३६ नम्बरको जिपको ठक्करबाट पैदल यात्री काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिवप्रसाद शर्माको ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइतेभएका उनको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



