नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त

काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिएको छ । भएका छन् । सरकारले  मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट कर्णलाई प्राधिकरणको रिक्त महानिर्देशक पदको कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिएको हो ।

भ्रष्टाचारसम्बन्धी आरोपका कारण तत्कालीन महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी गत १७ मंसिरदेखि निलम्बनमा परेदेखि प्राधिकरणको प्रमुख पद खाली रहँदै आएको छ । अधिकारीको चारवर्षे कार्यकाल आगामी १७ माघमा सकिन अघि उनलाई निलम्बन गरिएको थियो ।

सोही अवस्थामा प्राधिकरणकै १२ औँ तहका वरिष्ठ उपमहानिर्देशक कर्णलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ । कर्णले औपचारिक रूपमा शुक्रबार पदभार ग्रहण गरेका हुन्।

Facebook Comments Box
TOP
197 Shares