

तेस्रोलिङ्गी समुदायलाई भ्रामक कुरामा नपर्न बाबु दुमिको अनुरोध
13.1kViews
354
Shares
काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले आफ्नै नेतृत्वमा सञ्चालनमा ल्याएको ‘चिल पिल जोन’ रेस्टुरेन्ट तथा बारमा नजान केही समुदायका सदस्य समूहहरूले संस्था, समुदायभित्रै उर्दी जारी गरेको आरोप लागेको छ। म्यासेम्जर ग्रुप बनाएर उक्साहट गरी समुदायका केही सदस्यहरूलाई ‘एण्टी जेण्डर’ धारणा बोकेको आरोप लगाउँदै समुदायले नै सञ्चालन गरेको व्यवसायलाई कमजोर पार्ने अभियान चलाएको आरोप लागेको हो।
केही दिनअघि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले उद्यमशील बन्ने र बनाउने साझा उद्देश्यसहित ‘चिल पिल जोन’ रेस्टुरेन्ट तथा बारको उद्घाटन गरेका थिए। व्यक्तिगत रिस, आवेग र स्वार्थभन्दा माथि उठेर समुदायभित्र रोजगारी सिर्जना गर्ने, आर्थिक आत्मनिर्भरता हासिल गर्ने र सकारात्मक पहिचान स्थापित गर्ने लक्ष्यसहित यो व्यवसाय सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्।
उद्घाटन कार्यक्रममा समुदायका लागि काम गर्ने भनिएका सबै संस्थाहरूलाई उपस्थित भई प्रोत्साहन गर्न आग्रह गरिएको सञ्चालक मध्येका एक बाबु दुमि राईले जानकारी दिए। सो अवसरमा ‘रेनबो अपाङ्गता नेपाल’ र ‘परिचय समाज’ले उपस्थित जनाई समर्थन व्यक्त गरेका थिए। अन्य संस्थाहरूको उपस्थिति भने न्यून देखियो। सञ्चालक राईका अनुसार उपस्थित नहुनु कसैको व्यक्तिगत तथा संस्थागत स्वतन्त्रता हो र त्यस विषयमा गुनासो गर्ने ठाउँ छैन।
तर सामुदायिक हक, हित उद्धारको लागि भनेर खोलिएको संस्थाहरूले भुले:कि हामीले समुदायलाई उद्धार, प्रोत्साहन संस्थागत गर्नुको सट्टा कुनै व्यक्तिसँगको रिसिबिमा परेर व्यक्तिगत अहम्, घमन्डमा परि समुदायको सदस्यहरू उद्यमशील बन्न सक्ने कुरालाई स्विकारी खुलेर प्रोत्साहन दिन सकेनन्…. राईले फेसबुकमा लेखेका छन्।
बाबु दुमिले विषय त्यतिमै सीमित नरहेको सामाजिक सञ्जालमा लेखेका छन्। केही लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले विभिन्न समूह र टिम बनाएर ‘चिल पिल जोन’ विरुद्ध अर्थहीन र तथ्यहीन आरोप फैलाएको पाइएको उनले उल्लेख गरेका छन्।
उक्त स्थानलाई ‘एण्टी जेण्डर आन्दोलनसँग सम्बन्धित’ भन्दै, यहाँ ‘ट्रान्स समुदायप्रति अपमान हुने’ जस्ता भ्रामक दाबी गर्दै नजान आह्वान गरिएको आरोप लगाइएको छ।
समुदायका सदस्यहरू भन्छन्— उद्यमशील बन्न प्रोत्साहन गर्नु अपराध कसरी हुन सक्छ? कुनै व्यक्ति सडकमा उभिन बाध्य हुन नचाहेर सम्मानजनक पेसा र व्यवसाय रोज्न चाहन्छ भने त्यसमा सहयोग गर्नु गलत होइन,राईले भने,व्यक्ति कुन पेसा अपनाउने भन्ने कुरा उसको नितान्त व्यक्तिगत स्वतन्त्रतासँग सम्बन्धित विषय हो।
‘यहाँ अपमान गरिन्छ’ भन्ने आरोप लगाउनेहरूसँगै प्रश्न उठाइएको छ— तपाईँहरू कहिले त्यहाँ जानु भयो? कसरी निष्कर्ष निकाल्नुभयो कि त्यहाँ अपमान हुन्छ? प्रत्यक्ष अनुभवबिनै आरोप लगाएर गलत प्रचार गर्नु आफैँमा गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरिएको छ।
समुदायका अभियन्ताहरू भन्छन्— व्यक्तिगत जीवन, पेसागत काम र अधिकार आन्दोलनलाई छुट्ट्याएर हेर्ने क्षमता आवश्यक छ। हावाको भरमा अर्थहीन कुरा फैलाउनु कुनै महान् काम होइन, त्यसले अन्ततः व्यक्ति स्वयं र सम्पूर्ण समुदायलाई नै क्षति पुर्याउँछ।
‘चिल पिल जोन’का सञ्चालकले आलोचकहरूलाई खुला निम्तो दिँदै भनेका छन्— यहाँ आएर खाना चाख्नुस्, सेवा कस्तो छ आफैँ मूल्याङ्कन गर्नुस् र सुधारका लागि सुझाव दिनुस्। त्यसलाई सम्मानका साथ स्वीकार गरिन्छ। यहाँ आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरिन्छ र सुरक्षित वातावरण प्रदान गरिन्छ।
समुदायका तर्फबाट कार्यक्रम सफल बनाउन साथ दिने ‘क्वियर अपाङ्गता नेपाल’, ‘परिचय समाज’, ‘समावेशी रेस्टुरेन्ट अभियान’, ‘युरोपेली सङ्घ’, ‘नेपाल पर्यटन बोर्ड’ तथा ‘मायाको पहिचान नेपाल’लाई धन्यवाद व्यक्त गरिएको छ। साथै, विभिन्न सञ्चारमाध्यम र शुभचिन्तकहरूलाई समेत आभार प्रकट गरिएको छ, जसको साथ र सहयोग आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरिएको छ।
सञ्चालकहरूका अनुसार, ‘चिल पिल जोन’ केवल एक व्यवसाय मात्र होइन, यो समुदायको पहिचान स्थापित गर्ने, आत्मनिर्भरता बढाउने, सुरक्षित र पूर्वाग्रहविहीन स्थान निर्माण गर्ने अभियान हो, जहाँ व्यक्तिले बिना डर, बिना मूल्याङ्कन, खुलेर आफैँलाई स्वीकार गर्न र रमाउन सक्छ।
बाबु दुमिले भ्रामक र गलत प्रचारले व्यक्ति र समुदाय दुवैलाई घाटा पुर्याउने भन्दै, कुनै पनि सूचना दिनु वा ग्रहण गर्नु अघि गम्भीरतापूर्वक सत्यता जाँच गर्न सबैमा आग्रह गरेका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



