

नेपाल प्रहरीमा १० एसएसपीको बढुवा प्रक्रिया अघि बढ्यो, सोमबारपछि सूची सार्वजनिक हुने संकेत
काठमाडौँ । नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। अर्थ मन्त्रालयले थप ३ एसएसपी दरबन्दी स्वीकृत गरेसँगै लामो समयदेखि प्रतीक्षामा रहेको बढुवा प्रक्रिया सक्रिय बनेको हो।
प्रहरी मुख्यालय स्रोतका अनुसार आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी स्वीकृत हुने तयारी अन्तिम चरणमा पुगेको छ। मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएलगत्तै एसएसपी बढुवाको सूची सार्वजनिक गरिने तयारी प्रहरी मुख्यालयले गरेको छ।
हाल नेपाल प्रहरीमा ७ वटा एसएसपी पद रिक्त रहेका छन्। ती रिक्त पदसँगै अर्थ मन्त्रालयले स्वीकृत गरेको ३ नयाँ दरबन्दी जोडिँदा कुल १० पदमा बढुवा हुने अवस्था बनेको हो।
यी पदका लागि हाल १७ जना वरिष्ठ प्रहरी अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवा प्रक्रियाले संगठनभित्रको नेतृत्व व्यवस्थापन थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीको संगठनात्मक संरचना सन्तुलन, कार्यक्षमता वृद्धि र नेतृत्व तहको रिक्तता पूर्ति गर्ने दृष्टिले यो बढुवा प्रक्रिया महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



