

आज पौष १९ गते शनिबार,यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ -धैर्य वा पराक्रम द्वारा आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आफुभन्दा साना भाइबहिनीमा आत्मीय भाव बढ्नेछ। समय उत्तम भएको कारण छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आयस्रोतको बाटो खुल्नाले आर्थिक समस्याको समाधान हुनेछ। अरुको निर्णयमा चल्नुभन्दा आफ्नो कार्य गर्नलाई स्वयं निर्णय गरेमा राम्रो हुनेछ। स्वास्थ्य सबल रहनाले शारीरिक स्फुर्ती र आनन्द दिनैभरी रहिरहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आयस्रोतको राम्रो स्थिती हुनाले गरेको कामको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग व्यवसाय र व्यापारजन्य कामबाट फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। स्वास्थ्यमा अलिकता थकानको महसुस होला शरीरको अवस्था हेरेर मात्र काम गर्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सेवामूलक काममा सहयोगीहरूले साथ दिनाले रोकिएको काम बन्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नाले मन प्रसन्न रहनेछ। उच्च शिक्षामा आइरहेको अवरोधहरू हटाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- पहिलाको सफलताले थप हौसला जगाउँनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। व्यापार व्यवसायमा विशेष लाभ हुने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ। साथीभाईहरूको राम्रो सहयोग प्राप्त हुनेछ। चुनौतीहरू पन्छाउँदै नयाँ अवसर निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- सम्मानित कार्यले समाजमा नाम स्थापित गराउन सहायता हुनेछ। सञ्चित रकमद्वारा लाभ हुनाले दैनिक जीवनमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- चलिरहेको काममा प्रशासनिक अवरोध आउने प्रबल सम्भावना हुनाले कागजी पक्षमा विशेष ध्यान राख्नुहोला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ने अवस्था आउनसक्छ। नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। बोलि र विचारका प्रशंसकहरू बढ्नेछन् साथै बोलीकै भरबाट रोकिएका कामहरू सम्पादन हुनेछन्। माननीयजनहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आलस्यले गर्दा आयको अवसर गुमाउनु पर्ला मौकाको उचित फाईदा उठाउनुहोला । काममा समय लागेतापनि सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- मेहनतले पदीय जिम्मेवारीमा सफलता दिलाउँनेछ। रोकिएको काम बन्नाले नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आफन्तहरू मध्य रमाइलो वा मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- लामो यात्राको अवसर जुट्न सक्छ। पारिवारिक जिम्मेवारी वा खर्चिलो योजना बन्नाले रकम जोगाएर मात्रै कार्य थालनि गर्नुहोला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस् साथै खानपानमा विशेष ध्यान दिँदा राम्रो हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



