

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबीच पार्टी एकताको विषयमा अन्तिम निर्णायक वार्ता सुरु
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबीच पार्टी एकताको विषयमा अन्तिम निर्णायक वार्ता सुरु भएको छ। काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा जारी छलफललाई दुवै पक्षले पार्टी एकता जोगाउने वा औपचारिक रुपमा टुंग्याउने निर्णायक चरणका रूपमा लिएका छन्।
वार्ताका क्रममा उज्यालो पक्षले एकतापछि पार्टीभित्र उचित प्रतिनिधित्व र राजनीतिक सुनिश्चितता खोजेको छ। विशेषगरी आगामी निर्वाचनमा उज्यालो पक्षबाट १४ जना समानुपातिक उम्मेदवार निर्वाचित हुने स्पष्ट ग्यारेन्टी हुनुपर्ने माग उनीहरूले अघि सारेका छन्। त्यसका लागि रास्वपाको बन्दसूचीमा रहेका उज्यालोका १४ जनालाई सूचीको माथिल्लो वरियतामा राख्नुपर्ने अडान उनीहरूको प्रमुख शर्त बनेको छ।
त्यस्तै, उज्यालो पक्षले रास्वपाले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा पहिचानका मुद्दामा स्पष्ट र लिखित धारणा सार्वजनिक गर्नुपर्ने माग पनि राखेको छ। यी विषयमा स्पष्ट प्रतिबद्धता नआए एकता दीर्घकालीन रूपमा टिक्न नसक्ने उनीहरूको तर्क छ।
पदाधिकारी व्यवस्थापनमा भने आंशिक सहमति जुटेको छ। ऊर्जा क्षेत्रमा चर्चित व्यक्तित्व कुलमान घिसिङलाई पहिलो वरियताको उपसभापति बनाउने सहमति भइसकेको भए पनि अन्य पदाधिकारीमा उज्यालो पक्षबाट कम्तीमा दुई जना थप समावेश हुनुपर्ने अडान कायमै छ। यही विषयमा सहमति नजुट्दा वार्ता अझै निर्णायक मोडमा पुगेको छ।
उज्यालो नेपालको असन्तुष्ट पक्षले आजै ठोस सहमति नभए पार्टी एकता तोडेर अलग हुने तयारी समेत गरेको स्रोतको दाबी छ। यसले पछिल्लो समय वैकल्पिक राजनीतिमा देखिएको सम्भावित एकतालाई गम्भीर मोडमा पुर्याएको छ।
दुवै पक्षका नेताहरू भने अन्तिम क्षणसम्म सहमतिको प्रयास जारी रहने संकेत गर्दै आएका छन्। आजको वार्ताले रास्वपा–उज्यालो एकता जोगिने कि नयाँ राजनीतिक ध्रुवीकरणतर्फ जाने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



