

दुर्घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यकामा ‘ट्राफिक सप्ताह’ सुरु हुँदै
काठमाडौँ। सवारी दुर्घटना न्यूनीकरण तथा सडक प्रयोगकर्तामा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ट्राफिक सप्ताह सञ्चालनको तयारी गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राख्दै उपत्यकाभरि विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार ट्राफिक सप्ताहअन्तर्गत उपत्यकाका प्रमुख चोक–चोकमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिनेछ। सवारी साधनहरूमा ट्राफिक नियमसम्बन्धी नारा लेखिएका स्टीकर टाँस्ने, माइकिङमार्फत जनचेतना फैलाउने, जेब्रा क्रसिङ नभएका स्थानमा सुरक्षित तरिकाले बाटो काट्ने अभ्यास गराउने कार्यक्रम समावेश छन्।
यस्तै, चालक तथा सहचालकलाई लक्षित गरी नियम पालना, सुरक्षित सवारी सञ्चालन र दुर्घटनाका सम्भावित कारणबारे जानकारी दिइनेछ। विद्यालय, आमा समूह तथा टोल सुधार समितिहरूमा समेत ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने एसएसपी अधिकारीले बताए।
एसएसपी अधिकारीले ट्राफिक व्यवस्थापन र दुर्घटना नियन्त्रणमा प्रहरीको भूमिका अझ जिम्मेवार, प्रभावकारी र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए। उनले प्रहरी कर्मचारीहरूलाई आफ्नो काम दागरहित, पारदर्शी र जनउत्तरदायी बनाउन निर्देशनसमेत दिएका छन्।
समुदायसँगको सहकार्य, निरन्तर जनचेतना अभिवृद्धि तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनबाट मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता अभियानलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



