नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २९औँ स्थापना दिवस भव्य रूपमा मनाइँदै

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसको अवसरमा शाखामा आवद्ध सम्पूर्ण पत्रकारहरूप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
स्थापना दिवसका अवसरमा पत्रकारिताको गरिमा, व्यावसायिकता र उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै सत्य, तथ्य र निष्पक्ष सूचनाको प्रवाहमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ। लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा समाज रूपान्तरणमा पत्रकारहरूको भूमिका अझ प्रभावकारी बन्दै गएको उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि निर्भीक, स्वतन्त्र र उत्तरदायी पत्रकारिता आवश्यक रहेकोमा जोड दिइएको छ।
भक्तपुर जिल्लामा पत्रकारिताको विकास, क्षमता अभिवृद्धि तथा पत्रकारहरूको हकहित संरक्षणमा महासंघ भक्तपुर शाखाले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनहरूमा अझ सशक्त, एकताबद्ध र जिम्मेवार पत्रकारिता गर्दै जाने अपेक्षा गरिएको छ।
स्थापना दिवसको यस महत्वपूर्ण अवसरमा सम्पूर्ण पत्रकारहरूको पेशागत मर्यादा, सुरक्षा र अधिकारको सुनिश्चिततासहित सफल कार्यकालको कामना गर्दै पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

Facebook Comments Box
TOP
361 Shares