

नागरिकको विश्वास बढ्दो, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छौँ : डिआईजी अविनारायण काफ्ले
काठमाडौं। नेपाल प्रहरीप्रति नागरिकको विश्वास उल्लेख्य रूपमा बढ्दै गएको र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी संगठन पूर्ण रूपमा प्रतिबद्ध रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) अविनारायण काफ्लेले बताएका छन्।
निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट उठाइएका प्रश्नप्रति प्रतिक्रिया दिँदै डिआईजी काफ्लेले प्रहरी संगठनले संविधान र कानुनको दायराभित्र रही निष्पक्ष रूपमा सुरक्षा व्यवस्था मिलाउने स्पष्ट पारे। उनले निर्वाचनको भित्री घेरामा रही प्रत्यक्ष सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थाबारे ढुक्क रहन सबैलाई आग्रह गरे।
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा नागरिक–प्रहरी सहकार्य
जेनजी आन्दोलनका क्रममा प्रहरीका भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माणमा नागरिक तहबाट प्राप्त सहयोग अतुलनीय रहेको डिआईजी काफ्लेले बताए।
उनका अनुसार आन्दोलनका क्रममा १४३ भवन पूर्ण रूपमा र ३१६ आंशिक गरी कुल ४५९ युनिटमा क्षति पुगेको थियो। तीमध्ये हालसम्म ४४९ युनिट पुनर्निर्माण भई सञ्चालनमा आइसकेका छन्।
“पुनर्निर्माणको क्रममा नागरिक र प्रहरी संगठनबीचको घनिष्ठ सहकार्यले नेपाल प्रहरीप्रतिको जनविश्वास स्पष्ट रूपमा देखिएको छ,” उनले भने, “नागरिककै सहयोगले गम्भीर परिस्थितिबाट सहज रूपमा बाहिर निस्कन सफल भएका छौँ।”
नागरिकको सुरक्षाकै लागि स्थापना भएको नेपाल प्रहरी कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धानमा सदा अग्रपंक्तिमा रहने उनको भनाइ छ।
प्रहरीको मनोबल उच्च छ :
पछिल्लो समय प्रहरीको मनोबल खस्किएको भन्ने टिप्पणीलाई खारेज गर्दै डिआईजी काफ्लेले प्रहरी संगठनको मनोबल उच्च रहेको दाबी गरे।
“प्रहरीको मनोबल कहिल्यै खस्किएको थिएन, न त भविष्यमा खस्किनेछ,” उनले भने, “नागरिकसँगको सहकार्य र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”नयाँ संगठन प्रमुखको नेतृत्वमा प्रहरी कर्मचारीका सेवा, सुविधा र कल्याणकारी योजनालाई उच्च प्राथमिकता दिइएको पनि उनले जानकारी दिए। कर्तव्यपालनका क्रममा वीरगति प्राप्त प्रहरीका परिवारलाई क्षतिपूर्ति, आर्थिक सहयोग र आश्रित परिवारलाई रोजगारीको व्यवस्था गरिएको तथा घाइते प्रहरीको उपचार खर्च र अन्य सुविधामा समेत प्राथमिकता दिइएको उनले बताए।
निर्वाचनका लागि १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना हुने :
निर्वाचन सुरक्षाका लागि ७७ हजार नियमित प्रहरी परिचालन गरिने र जनशक्ति अपुग हुने भएकाले १ लाख ३३ हजार ९८० म्यादी (निर्वाचन) प्रहरी भर्ना गरिने डिआईजी काफ्लेले जानकारी दिए।
‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२’ स्वीकृत भइसकेकाले सोही अनुसार प्रक्रिया अघि बढाइने उनले बताए।
२०७९ र २०७४ को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने, साथै पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा सुरक्षा निकायका आधारभूत मापदण्ड पूरा गरेका व्यक्तिलाई पनि अवसर दिइनेछ।
१८ देखि ५४ वर्ष उमेर समूहका, नैतिकवान् र फौजदारी अभियोग नलागेका व्यक्तिले भर्नामा सहभागी हुन पाउनेछन्।
मतदानस्थल सुरक्षाको विशेष व्यवस्था :
निर्वाचन सुरक्षाका लागि मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।
प्रहरीका अनुसार २,८४५ मतदानस्थल सामान्य, ४,४४२ संवेदनशील र ३,६८० अतिसंवेदनशील सूचीमा छन्। सोहीअनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
“मतदाता, राजनीतिक दल र आमनागरिकको सुरक्षाका लागि नेपाल प्रहरी पूर्ण रूपमा तयार छ,” डिआईजी काफ्लेले भने, “शान्ति सुरक्षाबारे कसैले डर वा त्रास मान्नुपर्ने अवस्था छैन।”
उनले विगतका चुनौतीपूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अनुभव, सीप र तालिम यसपटक पनि प्रयोग गरी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरे।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



