

डिआईजी घिमिरेद्वारा प्रहरी चौकी माङ्तेवाको नवनिर्मित भवन समुद्घाटन
संखुवासभा । कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको सिलिङचोङ गाउँपालिका–४ मा अवस्थित प्रहरी चौकी माङ्तेवाको नवनिर्मित कार्यालय भवनको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित विशेष कार्यक्रममा उक्त भवनको समुद्घाटन गरिएको हो।
समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरी अहोरात्र खटिँदै आएको उल्लेख गरे। नवनिर्मित भवनले प्रहरीको दैनिकीलाई थप सहज बनाउने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै उनले यसबाट अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकमैत्री सेवामा गुणात्मक सुधार आउने बताए।
नयाँ भौतिक पूर्वाधारसँगै प्रहरीको कार्यसम्पादन क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै डिआईजी घिमिरेले आगामी दिनमा माङ्तेवा प्रहरी चौकीबाट प्रदान गरिने सेवा अझ छरितो, पारदर्शी र विश्वासिलो हुने स्पष्ट पारे। साथै उनले चौकीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र इमानदार भई सेवाभावका साथ नागरिकको मनोभावनाको उच्च सम्मान गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले दुर्गम क्षेत्रमा आधुनिक प्रहरी भवन निर्माण हुनु नागरिक सुरक्षाको दृष्टिले महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२३ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



