

सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादका कारण रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए–अमेरिका) को भनिएको निमन्त्रणालाई लिएर दुई फरक समूहले परस्पर विरोधी विज्ञप्ति निकालेपछि मन्त्रीको भ्रमण चर्चाको केन्द्रमा आएको हो।
मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई आगामी ३ माघमा अमेरिकामा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ विषयक कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृति दिएको थियो। तर उक्त कार्यक्रमको निमन्त्रणालाई लिएर एनआरएनए–अमेरिकाभित्रै विवाद चर्कियो।
विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई आधिकारिक रूपमा निमन्त्रणा पठाएको दाबी गर्दै विज्ञप्ति निकालेको थियो। तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले भने मन्त्रीलाई कुनै पनि प्रकारको निमन्त्रणा नपठाएको स्पष्ट पार्दै छुट्टै विज्ञप्ति जारी गर्यो। यही विरोधाभासपछि मन्त्रीको अमेरिका भ्रमणमाथि प्रश्न उठ्दै विवाद चुलिएको हो।
विवाद बढेपछि मन्त्री गुप्तामाथि ‘बनावटी कार्यक्रम देखाएर अमेरिकाको भिसा लगाउन खोजिएको’ र ‘राज्यको पैसा दोहन गर्न लागेको’ जस्ता आरोपसमेत लागे। तर ती आरोपहरू अस्वीकार गर्दै मन्त्री गुप्ताले आफूले भिसा प्रोसेस नै नगरेको स्पष्ट पारेका छन्।
एक अनलाइन सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भिसा प्रक्रिया सुरु नै नगरेको अवस्थामा आफूलाई ‘तस्कर’ जस्ता आरोप लगाइएको भन्दै गहिरो दुःख व्यक्त गरे। “मलाई सबै मिलेर लखेटिएको अनुभूति भएको छ,” उनले भने।
मन्त्री गुप्ताले आजै एनआरएनए केन्द्रबाट आधिकारिक विज्ञप्ति आउने बताउँदै त्यसपछि कुन पक्ष सही र कुन गलत भन्ने कुरा प्रष्ट हुने दाबी गरेका छन्। उनले केवल निमन्त्रणाका आधारमा विदेश जान लागेको भन्दै राज्यकोष दुरुपयोगको आरोप लगाउनु अनुचित भएको जिकिर गरे।
“म अमेरिकाबाट फर्केर राजीनामा दिन्छु भनेर कहिल्यै भनेको छैन,” उनले स्पष्ट पारे। अब पनि भिसा प्रोसेस गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा उनले भने, “प्रोसेस त पहिले पनि माइन्डसेट बनाएको थिएन, अहिले पनि बनाएको छैन। ताल पर्यो भने राजीनामा दिएर जान सक्छु, नजान पनि सक्छु।”
एनआरएनए–अमेरिकाभित्रको आन्तरिक विवाद र त्यसबाट उत्पन्न आरोप–प्रत्यारोपले मन्त्री गुप्ताको अमेरिका भ्रमण अनिश्चित बनेको छ भने विषय राजनीतिक तथा सार्वजनिक बहसको केन्द्रमा पुगेको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



