आईजीपी दान कार्की र प्रहरी श्रीमती सङ्घ अध्यक्ष नविना कार्कीद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

बाराबँसी, महागढीमाई गंजभवानीपुर — नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा बाराको महागढीमाई गंजभवानीपुरमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की र प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्की प्रमुख अतिथि रहेका थिए।
उक्त अवसरमा आईजीपी दान बहादुर कार्कीले सबै जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू भावनात्मक रूपमा समान रहेको उल्लेख गर्दै, “एकले अर्कोलाई सहयोग गर्नु र प्रेमको भाव राख्नु मानव जातिको परम धर्म र कर्तव्य हो,” भने।
उनले भने, “समाज विभिन्न चुनौती र अभावसँग जुझिरहेको अवस्थामा मानव सेवामा समर्पित यस्तो कार्य पुण्य कर्म हो। नेपाल प्रहरी निरन्तर मानव सेवामा समर्पित रहिरहनेछ।”
कार्यक्रममा स्थानीयवासी र समुदायका विभिन्न वर्गका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। आईजीपी र प्रहरी श्रीमती सङ्घका प्रतिनिधिहरूले समुदायप्रति योगदान पु¥याउने कामलाई प्रशंसा गर्दै, यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box
TOP
468 Shares