

दूरदृष्टिविहीन कानुनले युवाको सपना कुचाल्दै आएको शिक्षामन्त्री महावीर पुनको टिप्पणी
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले नेपालका विद्यमान ऐन–कानुनप्रति गम्भीर प्रश्न उठाउँदै ती कानुनहरूले कहिल्यै पनि प्रतिभाशाली र दूरदृष्टि (Vision) भएका व्यक्तिहरू जन्माउन नसक्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनका अनुसार नेपालको कानुनी संरचनाले देशलाई समृद्ध बनाउने क्षमता राख्ने सक्षम र प्रतिभाशाली युवाहरूको उत्साहलाई निरन्तर हतोत्साहित गर्दै आएको छ।
“ऐन कानुन आफैंले प्रतिभा र दृष्टि जन्माउँदैनन्, तर गलत कानुनले प्रतिभालाई दबाउँछ,” मन्त्री पुनको भनाइ छ। मन्त्रालय सम्हालेपछि कानुन निर्माण प्रक्रियामा संलग्न ‘कानुन पण्डितहरू’ ले यथार्थ बुझ्न नसकेको कुरा अझ प्रस्ट भएको उनको अनुभव छ।
उनले देशलाई समृद्धिको दिशामा लैजान स्वच्छ, इमानदार र दूरदृष्टि (Vision) भएका नेताको सोचअनुसार ऐन–कानुन निर्माण गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिए। त्यस्तो अभ्यास नहुँदासम्म नेपालमा अशान्ति, निराशा र गरिबी अन्त्य नहुने मन्त्री पुनको ठम्याइ छ।
शिक्षामन्त्रीको यो अभिव्यक्तिलाई कानुनी सुधार, युवामैत्री नीति र दीर्घकालीन विकासको बहसलाई नयाँ उचाइमा पुर्याउने सशक्त आवाजका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



