

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बिच निर्वाचन सुरक्षाका विषयमा छलफल हुँदै
काठमाडौँ ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बीच निर्वाचन सुरक्षाका विषयमा महत्वपूर्ण छलफल भएको छ।
छलफलमा निर्वाचनको सम्पूर्ण अवधिमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, मतदाताको निर्भीक सहभागिता सुनिश्चित गर्ने तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन आवश्यक रणनीति अपनाउने विषयमा गहन विमर्श भएको जनाइएको छ। निर्वाचन आयोग र नेपाल प्रहरीबीचको समन्वयलाई थप सुदृढ बनाउँदै, संवेदनशील क्षेत्रको पहिचान, सुरक्षाकर्मी परिचालन, द्रुत प्रतिकार्य संयन्त्र तथा सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको बताइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसको सुरक्षा सुनिश्चित गर्नु साझा जिम्मेवारी भएको उल्लेख गर्दै, सुरक्षा निकायसँगको सहकार्यले स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, आईजीपी कार्कीले नेपाल प्रहरी निर्वाचन सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै, आयोगको निर्देशनअनुसार आवश्यक सबै सुरक्षा उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



