

राजनीति बदल्न इमानदार नियत आवश्यक : युवराज दुलाल
सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक–२ का नेता युवराज दुलालले राजनीति परिवर्तनका लागि ठूला नारा भन्दा पनि इमानदार नियत, निरन्तरता र काम आवश्यक हुने बताएका छन्।
उनले जनताको भरोसा भाषणले होइन, स्पष्ट नियत र व्यवहारिक कामबाट मात्र जित्न सकिने विश्वास व्यक्त गरे। “राजनीति बदल्न ठूलो नारा होइन, इमानदार नियत आवश्यक हुन्छ,” भन्दै उनले भने, “जनताको भरोसा भाषणले होइन, नियत, निरन्तरता र कामले जितिन्छ।”
सिन्धुपाल्चोकको समग्र विकास र जनजीवन सुधारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै दुलालले जिल्लालाई शान्त, जिम्मेवार र इमानदार नेतृत्व आवश्यक रहेको धारणा राखे। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको अपेक्षा र आवश्यकता अनुसार काम गर्ने आफ्नो संकल्प रहेको बताए।
स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म देखिएको वितृष्णाबीच दुलालको अभिव्यक्तिलाई राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित सन्देशका रूपमा हेरिएको छ। जिल्लाका युवाहरू, कार्यकर्ता तथा आम नागरिकमा आशा र भरोसा जगाउने किसिमको प्रतिबद्धता भएको स्थानीय जानकारहरू बताउँछन्।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



