

सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारी दुर्घटना न्यूनीकरण आजको साझा आवश्यकता भएको उल्लेख गर्दै ट्राफिक नियमको पालना, सचेतना अभिवृद्धि र प्रविधिको प्रभावकारी प्रयोगमार्फत दुर्घटनाको संख्या उल्लेखनीय रूपमा घटाउन सकिने बताए। उनले ट्राफिक प्रहरीको सक्रियता, नागरिकको जिम्मेवार व्यवहार र सरोकारवाला निकायबीचको सहकार्य दुर्घटना न्यूनीकरणको मुख्य आधार हुने धारणा राखे।
सप्ताहव्यापी अभियानअन्तर्गत विद्यालय, कलेज, सार्वजनिक यातायात चालक, पैदलयात्री तथा विभिन्न समुदायलाई लक्षित गरी सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम, प्रशिक्षण, अन्तरक्रिया तथा प्रचार–प्रसार गतिविधिहरू सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखसहित वरिष्ठ प्रहरी अधिकारीहरू, सरोकारवाला निकायका प्रतिनिधि, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले सडक सुरक्षामा सबै पक्षको साझा भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए।
ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै नियम उल्लङ्घनविरुद्ध कडाइका साथै जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



