आज स्वस्थानी व्रत–कथाको तेइसौँ दिन, शाली नदीस्थित श्रीस्वस्थानी माता मन्दिरमा भक्तजनको दर्शन भीड

काठमाडौं । आज स्वस्थानी व्रत–कथाको तेइसौँ दिन परेको छ। यस अवसरमा काठमाडौंको शाली नदीमा अवस्थित पवित्र श्रीस्वस्थानी माता मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
स्वस्थानी व्रत लिएका श्रद्धालुहरूले बिहानै शाली नदीमा स्नान गरी श्रीस्वस्थानी माता मन्दिरमा विशेष पूजा–आराधना, व्रत–कथा श्रवण तथा दर्शन गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने धार्मिक परम्परा अनुसार आजको दिनलाई विशेष महत्वका साथ मनाइन्छ।
शाली नदी क्षेत्र आज बिहानदेखि नै भक्तिमय वातावरणले भरिएको छ। व्रतालु महिलासहित परिवारजन, साधुसन्त र श्रद्धालुहरूको भीडले मन्दिर परिसरमा धार्मिक र आध्यात्मिक रौनक थपिएको छ।
धार्मिक विश्वासअनुसार स्वस्थानी व्रत र कथा श्रवणले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख–शान्ति प्राप्त हुने तथा दुःख–कष्टबाट मुक्ति मिल्ने जनविश्वास रहँदै आएको छ।

Facebook Comments Box
TOP
146 Shares