

ललितपुरमा अष्टमातृका नाच
काठमाडौं : ललितपुरको प्राचिन अष्टमातृका नाच सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नाच सुरु भएको हो।यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेपछि सुरु हुने गर्दछ। त्यसपछि बाजागाजासहित नागबहाल—पट्को हुँदै मंगलबजार पुगेका देवगणहरुलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरि मूलचोकमा प्रवेश गराइन्छ र देवगणहरुद्वारा नाच देखाइन्छ।
फूलपाति र विजया दशमीका दिन दिउँसो मूलचोकमा यो नाच देखाइन्छ भने अन्तिम दिन अर्थात आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा बिषेश नाच देखाएर नासःछेँमा गई देवगणले मुकुण्डो निकालेपछि नाच सम्पन्न गरिन्छ।
यो मल्ल राजा श्रीनिवास मल्लको पालामा शुरु भएको हो। कोभिड महामारीको समयमा यो नाच हुन सकेको थिएन।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



