

‘चाड आउँछ, ऋण बढाएर जान्छ’
सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपियाँ पाउछन् । काम नभएका बेला दिनभरि त्यतिकै बस्नुपर्छ । उनले भने, “दशैँ आयो भनेर मात्रै हुँदैन । हामीलाई खर्च जोहो गर्न ऋण नै खोज्नुपर्छ । चाडबाड आउँछ, ऋण बढाएर जान्छ ।”
श्रम गरेर जुटाएको पैसा घर खर्च र छोरीको पढाइमै सकिने तामाङले बताए । उनले भने, “मासु किलोको एक हजार चार सय छ, ज्याला एक हजार तीन सय छ । अनि दशैँ आउँदा हर्ष मान्नु नै के छ र १”
दाङको दङ्गीशरण गाउँपालिका–७ की ५६ वर्षीया लक्ष्मीकुमारी चौधरी र दोलखा मैनापोखरीकी ३१ वर्षीया सुशीला खड्काको दैनिकी पनि श्रमिक तामाङको भन्दा फरक छैन । चौधरी निर्माण मजदुर हुन् । खड्का डोकोमा तरकारी बेच्छन् । यो समाचारगोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१ दिन अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



