कार्यअवधि पूरा गर्दै निर्वाचन प्रहरी बिदा, ‘धन्यवाद पत्र’सहित सम्मानजनक विदाइ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि सफलतापूर्वक पूरा गरेका छन्। निर्वाचन प्रक्रिया सम्पन्न भई मतगणनासमेत सार्वजनिक भइसकेपछि बिहीबार उनीहरूलाई औपचारिक रूपमा बिदाइ गरिएको हो।
निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन ४० दिनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना तथा सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो। देशभर मतदान केन्द्र, मतपेटिका ढुवानी तथा मतगणना स्थलको सुरक्षामा उनीहरूलाई परिचालन गरिएको थियो।
निर्वाचन अवधि भरि जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गरेको भन्दै निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’ प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरिएको प्रहरी स्रोतले जनाएको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनीहरूको योगदान महत्वपूर्ण रहेको बताइएको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
२० घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
214 Shares