जेनजी आन्दोलनमा उत्कृष्ट कमान्ड गर्ने ३ डीएसपी पुरस्कृतका लागि सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देखिएको भिड नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा उत्कृष्ट कमान्ड गरेको ठहर गर्दै तीन जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई पुरस्कृत गर्न सिफारिस गरिएको छ।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा खटिएका डीएसपी नवराज ढुंगाना, मधुकुमार थापा र सुनिलजंग शाह लाई पुरस्कृत गर्न सरकारसमक्ष सिफारिस गरेको हो।
आयोगको निष्कर्षअनुसार ती तीन अधिकारीले प्रदर्शनका बेला उत्पन्न जटिल परिस्थितिमा संयमित, प्रभावकारी र पेशागत ढंगले कमान्ड गर्दै भिड नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। विशेषगरी उच्छृङ्खल समूहले उनीहरू कार्यरत कार्यालयमाथि आक्रमण गर्दा समेत परिस्थितिलाई नियन्त्रणमा राख्दै जवाफी कारबाहीसहित सुरक्षा व्यवस्था कायम गर्न सफल भएको आयोगले उल्लेख गरेको छ।
आयोगले उनीहरूको नेतृत्व क्षमता, साहसिक निर्णय र प्रभावकारी कमान्डका कारण सम्भावित ठूलो क्षति हुनबाट जोगिएको निष्कर्ष निकाल्दै राज्यबाट उचित सम्मान तथा पुरस्कार प्रदान गर्न सिफारिस गरेको हो।
सुरक्षा व्यवस्थापनमा उच्च पेशागत दक्षता प्रदर्शन गर्ने ती तीन प्रहरी अधिकारीलाई पुरस्कृत गर्न गरिएको सिफारिसलाई प्रहरी संगठनभित्र सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
उत्कृष्ट कमान्ड र कर्तव्यनिष्ठ सेवाका लागि ती तीन डीएसपीलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ सफल सेवाको शुभकामना व्यक्त गरिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१९ घण्टा अगाडि

1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
356 Shares