

निर्वाचनमा उत्कृष्ट भूमिका निर्वाह गर्ने ६९ प्रहरी कर्मचारी पुरस्कृत
काठमाडौं । दान बहादुर कार्की नेतृत्वको नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न उत्कृष्ट भूमिका निर्वाह गर्ने ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरेको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले केन्द्रीय निर्वाचन सेलका प्रमुख उमा प्रसाद चतुर्वेदी, उपत्यका प्रहरी कार्यालयका ईश्वर कार्की लगायत उच्च अधिकृतहरूलाई सम्मान गरेका हुन्।
प्रहरी प्रवक्ता अबि नारायण काफ्ले का अनुसार प्रहरी प्रधान कार्यालय कार्य विभागका डीआईजी अरुण पौडेल तथा विभिन्न प्रदेश प्रहरी कार्यालयका डीआईजीसहित कुल ६९ जनालाई नगदसहित पुरस्कृत गरिएको हो।
पुरस्कृत हुनेमा केन्द्रीय निर्वाचन सेलका एसएसपीहरू दयानिधी ज्ञवाली र सुवास चन्द्र बोहरा, प्रदेश प्रहरी तालिम केन्द्र पोखराका एसएसपी जनार्दन जी.सी. तथा विपद् प्रतिकार्य तथा तालिम केन्द्रका एसएसपी सन्तोष कुमार भट्टराई रहेका छन्। निर्वाचनअघि रणनीति निर्माणका लागि गठन गरिएको विश्लेषण महाशाखाको नेतृत्व एसएसपी दयानिधी ज्ञवालीले गरेका थिए।
त्यसैगरी, पर्सामा खटिएका एसपी नरेशराज सुवेदी, सुर्खेतका एसपी सुधिरराज शाही, बाँकेका एसपी अंगुर जी.सी., झापाकी एसपी बसुन्धारा खड्का, चितवनका एसपी गोविन्द पुरी, सिरहाका एसपी बासुदेव पाठक तथा डीएसपीहरू कौशल बुढाथोकी र घिमिरेसहितका अधिकृतहरू पनि सम्मानित भएका छन्। प्रहरी जवान सुजन कार्की र गन्दीप बहादुर कार्की पनि पुरस्कार पाउने सूचीमा परेका छन्।
प्रहरी संगठनको नीति निर्देशनलाई अनुशासित, लगनशील, इमानदार तथा व्यावसायिक ढङ्गले कार्यान्वयन गरेको मूल्यांकन गर्दै उनीहरूलाई जनही १ हजार ९ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।
यस पुरस्कार वितरणलाई निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूको मनोबल उच्च राख्ने र भविष्यका जिम्मेवारीहरू थप प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरित गर्ने कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२० घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



