

२१औँ शताब्दीमा पनि जातीय विभेद कायम हुनु दुःखद् : आईजीपी दानबहादुर कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आधुनिक युगमा पनि समाजमा जाति तथा रङ्गभेदको समस्या कायमै रहनु अत्यन्तै दुःखद् रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले २१औँ शताब्दीमा समेत मानव समाजले यस्तो विभेदको सामना गर्नुपरेकोप्रति चिन्ता व्यक्त गरे।
उनले सुरक्षालाई केवल भौतिक सीमामा सीमित नराखी ‘मानवीय सुरक्षा’को दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिँदै भ्रूणदेखि बालबालिकासम्मको संरक्षण, पोषण, शिक्षा, स्वास्थ्य तथा समग्र विकास सुनिश्चित गर्नु राज्यको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे।
महानिरीक्षक कार्कीले भने,
“आजको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका विषय उठिरहनु हाम्रो लागि गम्भीर चुनौती हो। यसको अन्त्यका लागि सबै तह र तप्काको ऐक्यबद्धता आवश्यक छ।”
उनले विशेषगरी दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनाभित्र रहेका अवरोध (बोटलनेक) हटाउनुपर्ने आवश्यकता औंल्याए। न्यायिक पहुँच विस्तारका लागि संस्कार, संस्कृति, शिक्षा तथा व्यवहारमा सुधार अपरिहार्य रहेको उनको भनाइ थियो।
साथै, प्रहरी संगठन पनि समाजकै प्रतिबिम्ब भएको उल्लेख गर्दै उनले कानुन कार्यान्वयनमा निष्पक्षता, संवेदनशीलता र सकारात्मक भूमिका अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
आईजीपी कार्कीको भनाइले आधुनिक समाजमा समानता, न्याय र मानव मर्यादाको संरक्षणतर्फ सबैलाई थप जिम्मेवार बन्न प्रेरित गरेको छ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



