आज दशैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका थापेर आशीर्वाद लिइँदै

काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रमजारीछ ।

टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

Facebook Comments Box
TOP
Shares