

भदौ २३ प्रकरण : ओली र लेखक पक्राउ, पूर्वआइजिपी खापुङमाथि तत्काल कारबाही नहुने
काठमाडौं । भदौ २३ गते भएका घटनाको अनुसन्धान अघि बढाउँदै र पक्राउ परेका छन् भने तत्कालीन प्रहरी महानिरीक्षक लाई भने तत्काल पक्राउ नगरिने भएको छ।
प्रधानमन्त्री नेतृत्वको सरकारले शुक्रबार गरेको मन्त्रिपरिषद् निर्णयअनुसार पूर्वआइजिपी खापुङको हकमा छुट्टै अध्ययन समिति गठन गरिने र सो समितिको सिफारिसपछि मात्रै कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओली र लेखकलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेको छ। उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न आवश्यक पक्राउ पुर्जी जारी गरिएको छ।
पूर्वन्यायाधीश नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णयसँगै यी पक्राउहरू भएका हुन्। उक्त प्रतिवेदनले ओली, लेखक र खापुङ तीनै जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो।
तर सरकारले राजनीतिक नेतृत्व र सुरक्षा संयन्त्रका अधिकारीहरूलाई फरक ढंगले सम्बोधन गर्ने नीति लिँदै दुई पूर्वपदाधिकारीलाई मात्रै तत्काल पक्राउ गरेको हो। मन्त्रिपरिषद्को निर्णयमा ‘सुरक्षा निकायका व्यक्तिहरूको हकमा अध्ययन समिति गठन गरी त्यसको सिफारिस अनुसार अघि बढ्ने’ उल्लेख छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले मन्त्रिपरिषद्को निर्णयअनुसार नै कारबाही अघि बढाइएको स्पष्ट पारेका छन्। उनका अनुसार सुरक्षाकर्मीसम्बन्धी विषय पनि सोही निर्णयअनुसार टुंगो लाग्नेछ।
आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ। सोही आधारमा प्रहरीले दुवै पूर्वपदाधिकारीमाथि अनुसन्धान अघि बढाएको हो।
कानुनी प्रावधानअनुसार यस्तो कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिनेछ। पक्राउ परेका ओली र लेखकलाई आइतबार जिल्ला अदालतमा म्याद थपका लागि पेस गरिने तयारी गरिएको छ।
लापरबाहीपूर्वक ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। त्यस्तै, हेलचेक्र्याइँबाट ज्यान गएको अवस्थामा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ।
यस घटनाले राजनीतिक र सुरक्षा संयन्त्रबीचको जिम्मेवारी निर्धारण र कानुनी कार्यान्वयनको बहसलाई पुनः सतहमा ल्याएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१९ घण्टा अगाडि
1.2kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



