

कक्षा ५ सम्म परीक्षा प्रणाली अन्त्य: बालमैत्री शिक्षातर्फ सरकारको ठूलो कदम
काठमाडौँ । नेपाल सरकारले शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधारको घोषणा गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि सञ्चालन हुँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ स्वीकृत गर्दै यस्तो ऐतिहासिक कदम अघि सारेको हो। यससँगै अब साना विद्यार्थीहरूले परम्परागत लिखित परीक्षाको दबाब झेल्नुपर्ने छैन।
सरकारका अनुसार बालबालिकामा परीक्षाका कारण उत्पन्न हुने मानसिक तनाव, त्रास र अनावश्यक दबाबलाई न्यूनीकरण गर्दै उनीहरूको स्वाभाविक सिकाइ प्रक्रियालाई प्रोत्साहन गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। नयाँ व्यवस्था अन्तर्गत विद्यार्थीको मूल्याङ्कन अझै बालमैत्री, व्यवहारिक र निरन्तर मूल्याङ्कन प्रणालीमा आधारित हुने बताइएको छ।
कार्यसूचीको बुँदा नम्बर ८९ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ—कक्षा ५ सम्मका विद्यार्थीलाई परीक्षा लिने परम्परागत अभ्यास बन्द गरी मनोवैज्ञानिक असर नपर्ने वैकल्पिक मूल्याङ्कन प्रणाली विकास गरिनेछ।
शिक्षाविद्हरूले यस निर्णयलाई बालमैत्री शिक्षातर्फको सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन् भने अभिभावकहरू पनि यसबाट बालबालिकाको आत्मविश्वास र सिर्जनशीलता बढ्ने अपेक्षा गरिरहेका छन्।
यो निर्णयले नेपालको शिक्षा प्रणालीलाई परीक्षा केन्द्रित सोचबाट सिकाइ केन्द्रित मोडेलतर्फ रूपान्तरण गर्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
११ घण्टा अगाडि
2.5kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



