

एपीएफ मुख्यालय निरीक्षणमा गृहमन्त्री गुरुङ: विपद् तयारी र सीमा सुरक्षामा कडाइ गर्ने निर्देशन
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सुरक्षा संयन्त्रको सुदृढीकरण र प्रभावकारी परिचालनलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)को मुख्यालय निरीक्षण गरेका छन्।
मंगलबार हलचोकस्थित एपीएफ मुख्यालय पुगेका गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालसहित उच्च अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए। छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, सम्भावित जोखिम न्यूनीकरणका रणनीति, स्रोत–साधनको प्रभावकारी परिचालन तथा अन्तर–निकाय समन्वयका विषयमा गहन चर्चा भएको थियो।
गृहमन्त्री गुरुङले विपद्का बेला एपीएफको भूमिका अझ सशक्त र द्रुत बनाउन तयारी अवस्थामा कुनै कमजोरी नराख्न निर्देशन दिएका छन्। उनले प्राकृतिक तथा मानवीय विपद्का घटनामा शीघ्र उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन योजना केन्द्रित हुनुपर्नेमा जोड दिए।
त्यस्तै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई थप कडाइका साथ अगाडि बढाउने निर्णय गरिएको छ। सीमा सुरक्षा मजबुत बनाउन गस्ती बढाउने, प्रविधिको प्रयोग विस्तार गर्ने तथा समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि सोमबार गृहमन्त्री गुरुङले नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी संगठनलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए। उनले कुनै पनि तहबाट हस्तक्षेप नहुने भन्दै प्रहरीलाई आफ्नो कर्तव्य निडर भएर पूरा गर्न निर्देशन दिएका थिए।
सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।
यसैबीच, शनिबार जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुर, सातदोबाटोस्थित प्रहरी वृत्त तथा रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने उद्घोष गरेका थिए।
लगातारको निरीक्षण र निर्देशनमार्फत गृहमन्त्री गुरुङले सुरक्षा निकायलाई थप उत्तरदायी, सक्षम र नागरिकमुखी बनाउने संकेत दिएका छन्।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



