डिआइजी दिपेन्द्र जि.सी.द्वारा अन्तर–प्रहरी भलिबल प्रतियोगिता उद्घाटन

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण, पोखरामा अन्तर–प्रहरी इकाई पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ले एक औपचारिक कार्यक्रमका बीच गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिआइजी जि.सी.ले भलिबलजस्ता खेलकुद गतिविधिले प्रहरी कर्मचारीहरूबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो। साथै, यस्ता कार्यक्रमले संगठनभित्र समन्वय र कार्यसम्पादनमा थप चुस्तता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाबाट आएका खेलाडीहरूको १२ टोलीको सहभागिता रहेको छ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक , गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा नयाँ वर्ष २०८३ सालको शुभकामना आदान–प्रदानसमेत गरिएको थियो।

Facebook Comments Box
TOP
407 Shares