

यातायात क्षेत्रतिर पनि बालेन सरकारको ध्यान जाओस्
काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी चल्न थालेका छन् । सडकमा विद्युतबाट सञ्चालित ट्याक्सी गुडिरहेको देखिन्छन् । तर, ट्याक्सी नयाँ भएपनि नम्बर प्लेट भने दुई दशक बढी पुरानो हो । २० वर्ष पुगेका ट्याक्सीसहित ग्यास टेम्पोको स्क्राइभ गरिएको नम्बर प्लेटमा नयाँ गाडी किनेर ट्याक्सीका रुपमा दर्ता गरिएको हो ।
त्यस्तो नम्बर प्लेट १२ लाखमा किनबेच हुने गरेको छ । सडकमा दुईथरीका विद्युतीय ट्याक्सी चलिरहेका छन् । एउटाको मूल्य ३८ लाख हुँदा अर्कोको साढे ४१ लख रुपैयाँ पर्छ । सरकारले नयाँ दर्ता खोलिदिने हो भने गाडी मात्र किनेर ट्याक्सीमा दर्ता भई चलाउन पाइन्छ । तर, दर्ता नखुल्दा २० वर्ष पुराना ट्याक्सीको स्क्राइभ गरिएको नम्बर प्लेट १२ लाखमा किन्नुपर्छ ।
यसले ट्याक्सीको मूल्य पनि बढ्छ । ३८ लाख पर्ने ट्याक्सी ५० लाख पुग्छ भने साढे ४१ लखको ट्याक्सी साढे ५३ लाख । अहिले ट्याक्सी चढ्नेबित्तिकै ५८ रुपैयाँ तिर्नुपर्छ । प्रत्येक किलोमिटर पनि ५८ रुपैयाँ नै छ । यात्रुले दैनिक सात करोड बढी रकम ट्याक्सी चढेबापत व्यवसायीलाई सेवाशुल्क तिर्नुपर्छ । जबकी यसमा ट्याक्सीको पेट्रोल खर्चिन्छ न यात्रुले सेवा पाउँछन् । ट्याक्सीले राति ९ बजेदेखि बिहान ६ बजेसम्म डेरी हान्छ ।
अर्थात् दोब्बर शुल्क असुलिन्छ । पठाओमार्फत ट्याक्सी चढ्दा शुरुमै १७७ रुपैयाँ तिर्नुपर्छ । अहिले उपत्यकामा ट्याक्सीको कुल नौ हजार छ । तर, जनसंख्या करोडको हाराहारीमा छ । ट्याक्सीको रुट परमिट उपत्यकाभित्र छ तर चक्रपथबाहिर ट्याक्सी जान मान्दैनन् ।
एयरपोर्टमा २०५० सालदेखि हरियो प्लेटको ट्याक्सीको नयाँ दर्ता बन्द छ । त्यहाँ २०७ वटामात्र ट्याक्सी छन् । ती ट्याक्सीमा मीटर हुँदैनन् । यसले मनलाग्दी भाडा असुलिन्छ । एक किलोमिटरकै एक हजार लिइन्छ । झन् पर्यटकलाई त लुट्नु लुटिन्छ ।
एयरपोर्टमा चलिरहेका ट्याक्सी पनि ०७० सालमा २० वर्षे पुराना ट्याक्सीको स्क्राइभ गरिएको नम्बर प्लेटमा दर्ता भएका हुन् । यसले नयाँ व्यवसायी र गाडीको संख्या थपिन पाएको छैन । अहिले एयरपोर्टका ट्याक्सीहरु बढी भाडा त असुल्छन् नै सँगै स्वदेशी तथा विदेशी पर्यटकलाई होटल, रेष्टुरेन्ट लगेबापत पनि कमिशन खान्छन् । अर्थात् जुन होटल व्यवसायीले कमिशन दिन्छ, उसकैमा पर्यटक लगिदिन्छन् ।
यता, ०५७ जेठ १७ गते कालो प्लेटको ट्याक्सीको दर्ता बन्द भएको थियो । त्यतिखेर साढे सात हजार ट्याक्सी दर्ता भएका थिए । जसमा एक हजार ८५० डिजेल र पाँच हजार ६५० पेट्रोलबाट सञ्चालित ट्याक्सी थिए । डिजेलबाट चल्ने ट्याक्सी एक–डेढ वर्षमै विस्थापित भए । ०५७ सालपछि उपत्यकासमिा बस्छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत कारणले यहाँ बसोबास गर्ने तथा घुम्न आउन बढ्दो छ ।
तर, ट्याक्सी पर्याप्त छैनन् । जसका कारण यात्रु मर्कामा परेका छन् । सीमित ट्याक्सी हुँदा व्यवसायीले जति भन्छन्, त्यति नै शुल्क तिरेर यात्रा गर्न सर्वसाधारण बाध्य छन् । यसबाट नेपालीबाट नभई विदेशी पर्यटक पनि पीडित छन् । घुमफिरका निम्ति नेपाल आएका पर्यटकहरु ट्याक्सी व्यवसायीबाट नराम्ररी ठगिने गरेका छन् ।
यही अवस्थाको अन्त्य गर्न ०६९ माघमा यातायात कार्यालय एकान्तकुनाले तत्काल पाँच हजार नयाँ ट्याक्सीको दर्ता खोल्न र वर्षेनी नयाँ दर्ता खोल्नुपर्ने मागसहित यातायात व्यवस्था विभाग र मन्त्रालयमा पत्र पठायो । ०७२ जेठ २८ गते एक हजार ८५० नयाँ ट्याक्सीको दर्ता खोल्यो । ट्याक्सी किन्न इच्छुकलाई साउन २० गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन भनियो । आवेदन शुल्क एक हजार १० रुपैयाँ थियो ।
एक हजार ८५० ट्याक्सी किन्न १५ दिनमा १५ हजार ७५१ जनाले आवेदन भरे । जसमध्ये १८५० जनाले गोलाप्रथाबाट ट्याक्सी पाउँदा अरु हेरेको हेर्यै भए । ०७२ वैशाख १२ गते उपत्यकासहित १४ जिल्लामा महाभूकम्प गयो । ०७२ चैत २१ ग्ते सरकारले भूकम्प पीडितलाई १५ सय ट्याक्सी दिने निर्णय गर्यो । त्यसपछि ०७३ साउन ५ गतेदेखि भदौ ५ गतेसम्म आवेदन फाराम भर्न सूचना निकालियो ।
आवेदन भर्न भूकम्प पीडित भएको रातो कार्डसहित एक सय १० रुपैयाँ राजस्व तिर्नुपथ्र्यो । एक महिनामा एक लाख ४९ हजार ५५८ जनाले फाराम बुझाए । जसमध्ये १५ सयले गोलाप्रथाबाट ट्याक्सी पाए, अरु रित्तो हात फर्किए । यी दुईटा घटनाले देखाउँछ कि मुलुकमा ट्याक्सी व्यवसायी गर्न चाहने कति छन् ? आफ्नै देशमा ट्याक्सी किनेर व्यवसायी गर्छु, जनतालाई सेवा दिन्छु र राज्यलाई कर तिर्छु भन्नेहरु लाखौं लाख छन् ।
विडम्बना, दशकौंदेखि यातायात क्षेत्रमा सिण्डिकेट रहँदा मातृभूमिमै केही गर्ने इच्छा भएकाहरु पनि विदेश पलायन हुनुपरेको छ । ट्याक्सीसँगै ढुवानी गाडी, फोस्टक टेम्पो, माइक्रो बसलगायतको पनि नयाँ दर्ता बन्द छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा ०४३ सालदेखि ढुवानी गाडीको दर्ता बन्द छ । त्यतिबेला २५० टु स्टक टेम्पो दर्ता भएको थियो । ०६० भदौ २२ गते सरकारले टु स्टक टेम्पोको सट्टा भ्यान दिने निर्णय गर्यो ।
पहिले साढे दुई सय टु स्टक टेम्पो रहेकोमा एक सय सात वटा भ्यानमात्र दर्ता भए । अहिले यति नै भ्यानले कालीमाटी तरकारी र फलफूल ढुवानी तथा ओसारपसार गर्छन् । सीमित र कम भ्यान हुँदा व्यवसायीहरु मर्कामा परेका छन् । भनेजति भाडा तिर्न उनीहरु बाध्य छन् भने यसले सर्वसाधारणको चुल्हो महँगिएको छ । यातायात क्षेत्र सट्टाभर्नामा चलिआएको छ ।
शुरुमा मीटर जडित हुटवाला टेम्पो रहेकोमा ०६० सालमा सरकारले त्यसको सट्टामा ट्याक्सी दियो । विभिन्न रुटमा पेट्रोलबाट चल्ने टेम्पोकै सट्टामा माइक्रो बस दर्ता भयो । डिजेलबाट चल्ने विक्रम टेम्पोको सट्टामा पनि माइक्रो बस दिइयो । त्यो पनि भन्सार पुरै छुटमा । विक्रम टेम्पो लुम्बिनी र गण्डकीबाहेक प्रदेशमा चलिरहेका छन् ।
अन्यमा पनि यस्तै भएको हो । यसरी सट्टाभर्ना वा पुरानै गाडीको स्क्राइभ गरिएको नम्बर प्लेटमा गाडी दर्ता भई चलिआएका छन् । जसका कारण यातायात क्षेत्रमा एउटै व्यवसायीको रजगज छ । उनीहरुले व्यवसाय गरेको दशकौं भइसक्यो । करोडौं कमाइसके ।
तैपनि नयाँ ट्याक्सीको दर्ता खोल्न दिएनन् । न त आफैं जनतालाई सहुलियतमा सेवा प्रदान गर्छन् । अहिले पनि एउटा ट्याक्सीले दैनिक दश हजारदेखि ५० हजारसम्म कमाउँछन् । सरकारले तोकेभन्दा पाँच गुणा बढी भाडा असुल्छन् व्यवसायीहरु । अर्कोतर्फ, छिमेक भारतसहितमा फो स्टक टेम्पो चलिरहेका छन् ।
जसले जनतालाई राहत दिएको छ । ट्याक्सी चढ्न सक्ने अवस्था नभएकाहरु टेम्पो चढ्छन् । तर, हामी कहाँ ट्याक्सीको विकल्पमा केही पनि छैन । व्यवसायीहरु दर्ता खोल्नै दिँदैनन् । यस्ता व्यवसायीका कारण जनता र राज्य दुवै मर्कामा परेका छन् ।
दुर्भाग्य, सरकार उनीहरुसामु नै झुकिआएको छ । यातायात व्यवसायीसामु सरकार बोल्नै सक्दैन । विगतमा पनि यही भयो, अहिले पनि त्यही हुँदैछ । नत्र वालेन्द्र शाह (वालेन) नेतृत्व सरकार गठनको डेढ महिना भइसक्दासमेत किन यातायात क्षेत्रमा भएको सिण्डिकेट तोड्न पहल थालिएको छैन ?
भाडा बढाउन अग्रसर सरकार जनता र राज्यलाई फाइदा हुने कामतिर भने लागेको देखिन्न । यदि यो सरकार साँच्चिकै जनता र देशका निम्ति आएको हो भने यातायात क्षेत्रको सिण्डिकेट तत्काल तोड्नुपर्छ र नयाँ गाडीको दर्ता खोल्नुपर्छ । जनता कता ठगिएका छन् ? राज्यले किन राजस्व पाइरहेको छैन ? सरकारको ध्यान जाओस् ।रुषा थापा
समाज
थप सामाग्री
अर्घाखाँची घटनामा अनुसन्धान त्रुटि पुष्टि, तत्कालीन डीएसपी मुकुन्द रिजालसहितमाथि कारबाही सिफारिस
१२ घण्टा अगाडि
1.8kViews 303 Shares Share on Facebook Share on Twitter अर्घाखाँची — तीन वर्षअघि अर्घाखाँचीमा भएको एक घटनालाई “भवितव्य मृत्यु” भनेर…



