टिकटककर तुलसी अधिकारीसँग आज अदालतमा बयान

काठमाडौं, १९ जेठ । थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी टिकटककर तुलसी अधिकारीसँग आज ललितपुर जिल्ला अदालतमा बयान लिइँदै छ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान हुने तय भएको हो। उनलाई एक व्यवसायीको जाहेरीका आधारमा थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको थियो।

अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता छ। अनुसन्धानका क्रममा उनले अवैध सम्बन्ध रहेको भनिएका एक व्यवसायीलाई पटक–पटक धम्क्याएर ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोप लगाइएको छ।

उक्त व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। यस मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।

अदालतमा हुने बयान र त्यसपछिको सुनुवाइले बहुचर्चित बनेको यस प्रकरणको कानुनी प्रक्रिया थप अगाडि बढ्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
291 Shares