

एसपी चक्रराज जोशीको प्रमुख आतिथ्यतामा कपनमा निःशुल्क दन्त शिविर सम्पन्न
काठमाडौं। नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको समन्वय तथा Opal Dental Care स्वयम्भूको प्रत्यक्ष सहयोगमा आयोजित उक्त शिविर नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो।
शिविरमा कार्यदलमा कार्यरत प्रहरी कर्मचारीहरूको दन्त परीक्षण, उपचार तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। दैनिक कर्तव्यमा खटिने प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमले उनीहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेल, कोषाध्यक्ष राजेन्द्र तण्डुकार, साथै कार्यदलमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार र जवानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजक पक्षले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
समाज
थप सामाग्री-
कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह, कडा कानुनी कारबाहीको चेतावनी
-
सिरहामा एसईई र कक्षा–१२ परीक्षाका जफत मोबाइल नष्ट, विद्यार्थी संगठन आन्दोलित
-
पोखरामा दिउँसै घर फोडेर चोरी गर्दै गरेको अवस्थामा युवक पक्राउ
-
मधेश प्रहरीमा अनुशासन र कार्यसम्पादन सुदृढ गर्न डीआईजी थपलियाको सक्रियता, स्पष्टीकरण प्रक्रिया नियमित प्रशासनिक अभ्यास भएको प्रदेश प्रहरीको दाबी
-
आईजीपी कार्कीको कडा निर्देशनपछि देशभर एकैदिन ठूलो अपरेसन : ७ जिल्लामा २३ लागुऔषध कारोबारी पक्राउ
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१६ घण्टा अगाडि
2.0kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…



