

सिरहामा एसईई र कक्षा–१२ परीक्षाका जफत मोबाइल नष्ट, विद्यार्थी संगठन आन्दोलित
सिरहा । एसईई र कक्षा–१२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाले सिरहामा विवाद चुलिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाको निर्णयअनुसार गत चैतमा भएको परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्ट घडीहरू २४ घण्टासम्म पानीमा डुबाएर पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुर्याई नष्ट गरिएको हो। प्रशासनका अनुसार नष्ट गरिएका सामग्रीमा सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँच वटा स्मार्ट वाच रहेका थिए।
बरामद उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
उक्त कार्य शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहितको पाँच सदस्यीय समितिबाट सम्पन्न गरिएको हो।
समितिका अनुसार परीक्षामा अनुशासन कायम राख्न जफत गरिएका उपकरणहरू लामो समयसम्म भण्डारण वा फिर्ता गर्ने विकल्प नभएकाले नष्ट गरिएको हो।
तर प्रशासनको यो कदमप्रति विद्यार्थी संगठनहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले जफत गरिएका सामग्री नष्ट गर्नुको सट्टा कानुनी प्रक्रिया अपनाएर फिर्ता वा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन्।
संयुक्त विद्यार्थी संगठनको नाममा जारी सूचनाअनुसार सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि विरोध प्रदर्शन गरिनेछ। प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरिएको छ।
विद्यार्थी संगठनहरूको मुख्य नारासमेत “विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार” रहेको छ। उनीहरूले प्रशासनको निर्णयलाई गैरजिम्मेवार र विद्यार्थी हितविपरीत भएको आरोप लगाएका छन्।
यस घटनाले परीक्षा अनुशासन र जफत सामग्री व्यवस्थापनबारे पुनः बहस सुरु गराएको छ।
समाज
थप सामाग्री-
कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह, कडा कानुनी कारबाहीको चेतावनी
-
सिरहामा एसईई र कक्षा–१२ परीक्षाका जफत मोबाइल नष्ट, विद्यार्थी संगठन आन्दोलित
-
पोखरामा दिउँसै घर फोडेर चोरी गर्दै गरेको अवस्थामा युवक पक्राउ
-
मधेश प्रहरीमा अनुशासन र कार्यसम्पादन सुदृढ गर्न डीआईजी थपलियाको सक्रियता, स्पष्टीकरण प्रक्रिया नियमित प्रशासनिक अभ्यास भएको प्रदेश प्रहरीको दाबी
-
आईजीपी कार्कीको कडा निर्देशनपछि देशभर एकैदिन ठूलो अपरेसन : ७ जिल्लामा २३ लागुऔषध कारोबारी पक्राउ
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१५ घण्टा अगाडि
2.0kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…



