पोखरामा दिउँसै घर फोडेर चोरी गर्दै गरेको अवस्थामा युवक पक्राउ

कास्की । पोखरा महानगरपालिका–२६ माझको डाँडामा दिउँसै घर फोडेर चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।

स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका छोपी चोरी गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का ३६ वर्षीय राजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

गत शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा खड्काको घर सुनसान रहेको मौका छोपी तामाङले घरको मूल ढोका तथा भित्री कोठाहरूका ताल्चा फोडेका थिए। उनले कोठाभित्र रहेको दराजसमेत तोडफोड गरी धनमाल चोरी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि घटना बाहिरिएको हो।

स्थानीय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेपछि तामाङ भाग्ने प्रयास गरेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले घटनास्थल नजिकैबाट उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीले उनलाई चोरी गर्न प्रयोग गरिएको फलामको औजारसहित पक्राउ गरेको जनाएको छ।

कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका तामाङविरुद्ध चोरी तथा डाँका उद्योगसम्बन्धी कसूरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। उनलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१४ घण्टा अगाडि

1.9kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…

TOP
184 Shares