कम्बोडियामा अलपत्र ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह, कडा कानुनी कारबाहीको चेतावनी

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा तथा कानुनी कागजातबिना बसिरहेका ६६ नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ।

आइतबार जारी सूचनामा दूतावासले सम्बन्धित नेपालीहरूको भिसा शुल्क तथा जरिबाना मिनाहा गरिसकिएको र आवश्यक ‘ट्राभल डकुमेन्ट’ समेत उपलब्ध गराइएको भए पनि उनीहरू हालसम्म स्वदेश फर्कन नआएको जनाएको छ।

दूतावासका अनुसार कम्बोडिया सरकारले अवैध रूपमा बसोबास गर्ने विदेशी नागरिकविरुद्ध कडा कानुनी व्यवस्था लागू गरेको छ। नयाँ कानुनअनुसार तोकिएको समयभित्र आफ्नो मुलुक नफर्कने विदेशी नागरिकमाथि अनुसन्धान गरी कडा सजाय गरिने व्यवस्था गरिएको छ।

दूतावासले चेतावनी दिँदै अवैध रूपमा बसिरहेको प्रमाणित भएमा पाँच लाख अमेरिकी डलरसम्म जरिबाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने जनाएको छ।

यसैलाई ध्यानमा राख्दै सम्बन्धित नेपाली नागरिकलाई कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी आगामी जेठ २९ गतेभित्र अनिवार्य रूपमा नेपाल फर्किन आग्रह गरिएको छ। साथै परिवारजनलाई पनि आफ्ना आफन्तलाई तत्काल स्वदेश फर्काउन आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

दूतावासले अवैध रूपमा बसिरहेका नेपालीहरू पक्राउ परे गम्भीर कानुनी समस्या र कठोर सजायको सामना गर्नुपर्ने जोखिम रहेको उल्लेख गरेको छ।

यसअघि विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडिया पुगेका ६०२ नेपाली नागरिकका लागि भिसा शुल्क तथा जरिबाना मिनाहा गराई स्वदेश फिर्तीको व्यवस्था मिलाइएको थियो। तीमध्ये अधिकांश नेपाल फर्किसके पनि ६६ जना अझै सम्पर्कमा नआएको दूतावासले जनाएको छ।

Facebook Comments Box
आज जेठ २४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१३ घण्टा अगाडि

1.9kViews 122 Shares Share on Facebook Share on Twitter आजको राशिफल मेष आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र…

TOP
15 Shares